Category Archives: Events

IMG_8167
स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम ।।

स्ववियु निर्वाचन समिति, मध्यविन्दु बहुमुखी क्याम्पसद्वारा त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ बमोजिम भएको स्ववियु निर्वाचन २०७९ मा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न ।।

स्नातक तह तृतीय वर्षको कक्षा संचालन सम्वन्धी सूचना ।

यस मध्यविन्दु वहुमुखी क्याम्पसमा स्नातक तह अन्तरगत तृतीय वर्षको कक्षा संचालन २०७३ साल श्रावण १७ गते देखि हुने संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

Pre-visit of UGC For QAA: Day-1

The Pre-visit team of University Grants Commission (UGC) on the process of Quality Assurance and Accreditation Orientation program has launched on the Schedule of 15th June to 17th June 2016. This program has facilitated by Quality Assurance Accreditation Director Dr. Shaym Prasad Lohani and Program officer Narayan Prasad Bhandari, Mr Bishnu Prasad Lamsal, the SSR […]

गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यस क्याम्पसको शैक्षिक कार्यतालिकामा ब्यवस्था भए वमोजिम यस क्याम्पसमा संञ्चालित स्नातक तथा स्नातकोत्तर तहका लागि यहि जेष्ठ १६ गतेदेखि आषाढ १५ गते सम्म गृष्मकालिन विदा हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पुनश्चः १.प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समयमा क्याम्पस प्रशासन खुला रहनेछ ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने स्नातक तह द्वितीय खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले मितिः २०७३/०१/२५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरी परीक्षा आवेदन फाराम भर्नको लागि सूचित गरिन्छ ।

हार्दिक शुभकामना ।

नव वर्ष २०७३ को पुनित अवसरमा सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, क्यम्पससंग सम्वन्धित सम्पूर्ण महनुभावहरु एवं आम नेपाली दाजुभाई दिदि वहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । साथै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नया वर्ष विदा, २ गते स्थानिय विदा र ३ गते रामनवमी को […]

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा २०७२ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने तिनवर्षे र चार वर्षे स्नातक तह प्रथम खण्डकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुले  २०७२/०४/२४ गते आइतवार सम्म  परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा […]

सूचना

उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्धारा उच्च माध्यमिक तह अन्तरगत कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा तालिका २०७२/०१/२० देखि संचालन हुनेगरी सार्वजनिक गरेको छ । परीक्षा तालिकाको लागि यस मध्यविन्दु वहुमुखी क्याम्पसको फेसवुक पेज वाट डाउनलोड गरि हेर्न सकिनेछ ।

गृष्मकालिन विदा सम्वन्धि सूचना ।

यहि वैशाख १२ गतेको विनासकारी महाभुकम्प र त्यस पछिका लगातार पराकम्पनहरुका कारण राष्ट्रमा सृजित विषम परिस्थितिका कारणले क्याम्पसको शैक्षिक क्यालेण्डरमा जेठ १७ देखि उल्लेख गरिएको गृष्मकालिन विदालाई यहि वैशाख ३१ गतेदेखि जेठ २२ गतेसम्म अगाडी सारिएको ब्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ । जेठ २४ गते आइतवारदेखि नियमित रुपमा कक्षा संचालन हुनेछ । पुनश्चः प्रशासनिक कार्यको […]