स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्धारा २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुका लागि आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७७ असोज ३० गते शुक्रबार सम्म ।
पुनश्चः
१.परीक्षा आवेदन फाराम भर्दा क्याम्पसमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
२.नियमित परीक्षा दिनेले पहिलो पटक प्रथम खण्डको नियमित परीक्षा दिएको सिम्बोल नं. तथा आंशिक परीक्षा दिनेले गतसाल सोही खण्डको परीक्षा दिएको सिम्बोल नं. परीक्षा फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।